Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान


    आइतबार, पुष २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले गोली फायर गरेको थियो ।

    बाराका डीएसपी गौतम मिश्रका अनुसार निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा प्रहरी र तस्करबीच गोली हानाहान भएकाे हाे। प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जनालाई बन्दुकसहित पक्राउ गरेकाे हाे।

    पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । प्रहरीले घटनास्थलबाट १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार