Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाँकेमा थप २ जना काेराेना संक्रमित महिलाकाे मृत्यु


    आइतबार, पुष २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बाँकेमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रोल्पा र दाङका एक–एक महिलाको कोरोनाबाट मृत्यु भएको  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएकाे छ ।

    केन्द्रका अनुसार रोल्पा, लिवाङकी ४२ वर्षीया र दाङको बबईकी ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हाे। रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा आइतबार बिहान ३:३० बजे मृत्यु भएको हो ।

    त्यस्तै दाङकी महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । उनको आइतबार बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार