Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेबनानमा कोभिड-१९को सङ्क्रमण झन् बढ्दै


    शनिबार, पुष २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ ।  लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरुले जनाएका छन् । 

    राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन् । यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो । 
     
    बिहीबार मात्र पनि यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । 
     
    लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ । जसका कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ । तर पनि सङ्क्रमितहरुको संख्यामा भने कमी आएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार