Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अन्ततः गले प्रधानमन्त्री, कुलमानलाई हटाएकोमा बारेमा जवाफ दिने


    सोमबार, चैत्र १८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चैत १३ गतेदेखि प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ महिना कार्यकाल छँदै हटाएकोबारेमा संसदमा जवाफ दिनुपर्ने माग गर्दा पनि अटेर गर्दैआएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः गलेका छन् । उनले आज बस्ने प्रतिनिधि सभा बैठकमा घिसिङलाई हटाइएकोबारेमा जवाफ दिंदैछन् ।

    ५ दिनदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै अवरुद्ध छन् । तर ओली भने सार्वजनिक कार्यक्रममा जवाफ दिन्न भन्दै संसदकै अपमान गरिरहेका छन् । अन्ततः आज उनी जवाफ दिन तयार भएका छन् ।

    प्रतिनिधिसभाको बिहान ११.०० बजेका लागि बोलाइएको बैठकमा उनले कुलमान हटाउनुपर्नाको कारण दिनेछन् ।

    प्रतिनिधि सभाको आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेलगायत कार्यसूची रहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार