Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनले कोभिड १९ बारे अनुसन्धान गर्न डब्ल्युएचओलाई दियो अनुमति


    शनिबार, पुष २५ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । लामाे पर्खाइपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको छ । 

    डब्ल्युएचओले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । 

    तर, विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर, शनिबार चीनले ती अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानका लागि अनुमति दिइएको बताएको छ । 

    चीनको वुहान सहरमा कोभिड भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर, चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् ।

    उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरूलाई यस विषयमा अनुसन्धान गर्न अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरूको आगमन हुने बताइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार