काठमाडौं । श्रीमती सीता पौडेलको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक्लै स्वदेश फर्कंदैछन् । उनी पुस २० मासीताको उपचारका लागि भारत गएका थिए । पत्नीको उपचार जारी रहेकाले उनी शनिबार स्वदेश फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले सीतालाई छोरीहरु रेनु र गंगा दाहालको साथमा छोडेर नेपाल फर्कन लागेको सचिवालयले जनाएको छ ।
अस्वस्थ भएपछि भारत लैजानु केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सीतालाई पाँच दिन अगाडि भारतको मुम्बई लागिएको हो । पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट सीता लामो समयदेखि पीडित छिन् ।