Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमानको हत्या गरी श्रीमतीद्वारा आत्महत्या


    शनिबार, पुष २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको अवस्थामा दुबै जनाको लास भेटिएको छ।सुर्खेत घर भइ हाल  ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका  उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

    श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएको अवस्थामा लाश भेटिएको छ ।अमेरिकाबाट भर्खरै फर्किएका उमेश र श्रीमती सुदिक्षा गिरीबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

    महानगरिय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार उमेश बेडरुममा लडिरहेको अवस्थामा र श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेका थिए। उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको छ।

    कोठाभित्र लक भएको हुँदा श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

    प्रहरीले दुबै जनाको  पोष्टमार्टम रिपोर्टपछि सबै कुरा खुल्ने जनाएको छ ।  प्रहरीका अनुसार मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार