Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शनिवार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


    शनिबार, पुष २५ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले आज शनिवार पनि बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् ।  

    कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।यही ताकेतापछि राजस्व बुझाउने क्रम बढेको छ ।

    यसलाई थप सहज बनाउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङ्गको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार