Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निवर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर अकाउन्ट बन्द


    शनिबार, पुष २५ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  ट्वीटर अकाउन्ट  ट्वीटरले सधैंका लागि बन्द गरिदिएको छ ।ट्रम्पले गरेका  ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो।
    ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जोवाइडेनको सपथग्रहण समारोहमा नजाने कुरा बताउँदा त्यसबाट हिंशा गर्न चाहनेहरुका लागि सुरक्षित निशाना हुनसक्ने व्याख्या ट्वीटरले गरेको छ । ट्रम्प उपस्थीत नभएपछि ट्रम्पका समर्थकहरुले उक्त स्थललाई निशाना बनाउनसक्ने भएकाले यो ट्वीटको पनि नकारात्मक पक्ष ट्वीटरले पुनरावलोकन गरेको हो ।
    यसअघि केही समयका लागि मात्रै प्रतिबन्ध लगाएको उनको ट्वीटर अकाउन्ट अब सधैंका लागि बन्द भएको हो ।एजेन्सी

    donal.jpg

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार