Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्य चिह्न ओली समूहले नपाउने इश्वर पोखरेलकै स्वीकारोक्ति


    शुक्रबार, पुष २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहलाई सूर्य चिह्न आफूले नपाउने कुराको अभाष भइसकेको छ ।  शुक्रबार ओली नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित काठमाडौका जनप्रतिनिधिहरुको रोयल बैंक्वेटको भेलामा विनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे ।

    ओलीले नेतृत्व गरेको  गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गर्दै सूर्य चिह्न पनि आफूहरुले नै पाउने भनाइ राखेका थिए । उनले सूर्य चिन्ह नपाए पनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने कुरामा जनप्रतिनिधिलाई आश्वस्त पारेका थिए ।

    केही दिनअघि नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले निर्वाचन आयोगले निर्णय गरेपछि सूर्य चिह्नबाट जित्ने स्थानीय तहका जनप्रतिनिधिहरुको पद जाने बताएका थिए । सूर्य चिह्न नेकपा प्रचण्ड–माधव समूहले पाएमा त्यो चिह्नबाट स्थानीय तहमा जित्ने जनप्रतिनिधिको पद जाने भट्टराईको आशय थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार