Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको सभामा निर्मलाका बलात्कारी खोई भनेर प्रश्न गर्ने युवा पक्राउ


    शुक्रबार, पुष २४ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । प्रधानमन्त्री केपी ओलीले आज धनगढीको कार्यक्रममा सम्बोधन गरिरहेको समयमा निर्मला पन्तका बलात्कारी खोई भनेर सोध्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओली सहभागी भएको धनगढीको कार्यक्रममा निर्मला पन्तका बलात्कारी खोई भनेर लेखिएको टिसर्ट लगाउका युवक पक्राउ परेका छन् ।

    साढे दुई वर्ष हुँदा पनि अभियुक्त पक्राउ गर्न नसकेपछि एक युवकले त्यससम्बन्धि टिसर्ट लगाएर कार्यक्रममा उपस्थित भएका थिए । यती सामान्य विषयमा समेत बल प्रयोग गरिएकोमा धेरेले आश्चर्य मानेका छन् । अपराधी खोई भनेर सभ्य तरिकाले पश्न गर्दा समेत थुनिने दिन आएको स्थानीयको भनाई छ । प्रधानमन्त्री सहभागी भएको धनगढीको कार्यक्रम स्थलमा  सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार