Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज, ६ जनाको मृत्यु


    शुक्रबार, पुष २४ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज  नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरि बितेको २४ घण्टामा ५८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।
     पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार