Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली भुमिमा भारतीय दादागिरी : पुल बनाउन रोकियो


    शुक्रबार, पुष २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माणमा रोक लगाएको छ । नेपाल भारत सीमा छुट्याउने पिलर भन्दा १९५ मिटर उतर नेपालतर्फ पुल निर्माण गर्ने योजना रहेपनि एसएसबीले आफूहरुलाई माथिल्लो निकायबाट निर्देश नआएसम्म पुल निर्माण गर्न नदिने बताएको छ ।

    हुलाकी आयोजनाका इन्जिनयर आशुतोष कर्णका अनुसार हुलाकी राजमार्ग अन्तरगत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका–६ कटैयामा रहेको अन्तिम बिन्दुमा पुल निर्माणमा एसएसबीले अवरोध गरेको हो ।

    ‘पिलर भन्दा १ सय ९५ मिटर नेपालतर्फ पुल निर्माणस्थल छ,’ इन्जिनयर कर्णले भने,‘जबरजस्ती एसएसबीले पुल निर्माण गर्न नदिने भएपछि निर्माण कार्य सुरु हुन नपाउँदै रोकिएको छ ।’

    २०७६ साल माघ ८ गते उक्त पुल निर्माणका लागि काठमाडौंको इलाइट कम्पनीसँग सम्झौता भएको थियो । १८ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुल निर्माण गर्न ३० महिनाको समयावधि तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार