Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६५ किलो गाँजासहित ८ जना पक्राउ


    शुक्रबार, पुष २४ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले १६५ किलो लागुऔषध गाँजासहित ८ जनालाई पक्राउ गरेकाे छ । 

    मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई आज बिहान पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका-६, रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट १०० किलो गाँजा आजै बिहान प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार