Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ अरबपति ब्यापारी ज्याक मा २ महिनादेखि बेपत्ताः अलिबाबा ग्रुपका कम्पनीको छानबिन गर्दै सरकार 


    शुक्रबार, पुष २४ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं, (एजेन्सी) । अलिबाबा समूहका संस्थापक चीनका अरबपति ब्यापारी ज्याक मा दुई महिनादेखि बेपत्ता छन् । सामाजिक संजाल ट्वीटरमा केही न केही लेखिरहने ज्याक मा विगत २ महिनादेखि देखिएका छैनन् ।

     अलिबाबाका संस्थापक ज्याक मा चीनका तेस्रा धनी ब्यापारी हुन् । अलिबाबाको माध्यमबाट चीनमा अनलाइन सपिङको क्षेत्रमा ज्याकले क्रान्ति नै गरेका थिए । अनलाइन ब्यापारको दुनियाँका बादशाह मानिने ज्याकले चर्को ब्याज असुल्ने बैंक तथा बित्तीय संस्थाहरुको बिरोध गरेका थिए ।

    चीन सरकारको स्वामित्वमा रहेका बैंकहरुले चर्को ब्याज असुली गरेको बिषयमा उनले आलोचना गरेपछि उनीमाथि निगरानी सुरु भएको थियो । ‘चर्को ब्याज लिने सिष्टम बदलौं, ब्यापारमा केही गर्छु भन्नेहरुलाई दबाउने प्रयास नगरौं’ ज्याकले भनेका थिए । उनले चर्को ब्याज असुल्ने विश्वकै बैैंकलाई ‘बुर्जुकहरुको क्लव’को संज्ञा दिएका थिए । उनको यही भाषणका कारण चिनियाँ कम्युनिष्ट पार्टी भड्किएको आशंका गरिएको छ ।

     ज्याक माले बैंकहरुको बिषयलाई लिएर गरेको आलोचनालाई चिनियाँ कम्युनिष्ट पार्टीमाथिकै आक्रमणका रुपमा बुझ्यो । ज्याकले बैंक तथा वित्तीय संस्थाको नियमलाई लिएर गरेको आलोचनापछि उनका दुर्दिन सुरु भए । उनको ब्यापारमाथि चीनले एकपछि अर्को प्रतिबन्ध लगाउँदै गयो ।

    नोभेम्बर महिनामा चिनियाँ अधिकारीहरुले ज्याकको ब्यापारमा ठूलो झट्का दिए । उनको स्वामित्वमा रहेको एन्ट गु्रपको ३७ अर्ब डलरबराबरको आइपीओ निलम्बन गरियो । वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार ज्याक माको एन्ट ग्रुपको आइपीओ रद्द गरिसकेपछि उनलाई देशबाट बाहिर जान समेत रोकियो ।

    क्रिसमसको पूर्वसन्ध्यामा अलिबाबा ग्रुपको छानबिन नसकिएसम्म उनलाई देश बाहिर जान नपाउनेगरी प्रतिबन्ध लगाइयो । भारतीय मिडियाहरुले त ज्याक मालाई चिनियाँ राष्ट्रपति सि जिन पिङकै आदेशमा बेपत्ता बनाइएको आरोप लगाएका छन् ।  विश्वका करोडौं मानिसले ज्याकलाई आदर्शका रुपमा लिने गर्दछन् ।

    चीनमा आलोचकहरुलाई ज्याक मालाई जस्तै आवाज दबाउने गरिएका अरु उदाहरण पनि छन् । चीनले यस्ता आलोचकलाई नजरबन्द गर्दैआएको छ । त्यसमा ब्यापारी पनि छन् । यसअघि राष्ट्रपति सि जिन पिङको बिरोध गर्ने प्रपर्टी बिजनेसम्यान रेन झिकियाङ बेपत्ता पारिएका थिए । उनले कोरोना सही तरिकाले नियन्त्रण गर्नका लागि सि जिन पिङले नसेकेको बताएका थिए । उनलाई त्यति भनेबापत १८ बर्षको जेल संजाय तोकिएको छ । उनी अहिले जेलमा छन् । चीनका एक अर्का अरबपति शिआन जिआनहुवा सन् २०१७ देखि जेलमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार