Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माघ १ गतेबाट काठमाडौं महानगरका बिद्यालय खुल्ने


    शुक्रबार, पुष २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको प्रबक्ता ईश्वरमान डंगोलले बताएका छन् ।  महानगरले जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न महानगरको भित्रका बिद्यालयलाई अनुमति दिएको हो ।

    महानगरका विद्यालयले गत असारबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार  अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको अभिभावकले बताउँदै आएका छन् । काठमाडौं  महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षा सन्चालन गरिरहेको छ ।

    यहि माघ १ गतेदेखि काठमाडौं महानगरका सबै बिद्यालय सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्ने भएका छन् ।उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार