तस्वीरः रासस
खोटाङ । देशका हिमाल तथा उच्च पहाडी क्षेत्रमा हिमपात बढेको छ।हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी हिमपातले जनजीवन कष्ठकर भएको छ । लेकाली भेगमा जाडो अत्यधिक बढेसँगै चौरी तथा भेडा गोठ बेसीँ झार्ने चलन छ ।
खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले अहिले जाडो छल्न चौरी गोठ बेसीँ झारेका छन् । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले दूध, घ्यू र छुर्पी उत्पादनका लागि रावाढापलगायत उत्तरी क्षेत्रमा चौरी पाल्ने गरेका छन् ।
