Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट


    बुधबार, पुष २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  

    धनगढीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका प्रदेश संयोजकसमेत रहनुभएका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।” 
       
    बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोल्नुभएको थियो ।

    बैठकले नेकपा दाहाल– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उहाँहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार