Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषधसहित चार जना पक्राउ


    बुधबार, पुष २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बू, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका छन्।

    प्रहरीले मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।

    उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार