काठमाडाैँ । देशभर हाल १ हजार ६ सय ८ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार १ सय ३३ कुल सक्रिय संक्रमितमध्ये १ हजार ६ सय ८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
बाँकी ३ हजार ५ सय २५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४ सय ६२, गण्डकी प्रदेशमा ३ सय ९, लुम्बिनी प्रदेशमा ४ सय १३, कर्णालीमा १५ र सुदूरपश्चिममा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।