Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ सय २७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


    बुधबार, पुष २२ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९७ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा ५ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

    बागमती प्रदेशमा ७१ आइसियु र १७ भेन्टिलेटरमा, गण्डकीमा ५६ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार