Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा विघटनविरुद्को मुद्दा : न्यायाधीश कार्की इजलासबाट बाहिरएपछि एक साता सर्‍यो सुनुवाइ


    बुधबार, पुष २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्को मुद्दाको सुनुवाइ एक साता पछि सरेको छ।

    न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ एक साताका लागि पछि सरेकाे हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए। उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकार भएकाले संवैधानिक इजलासमा कार्कीबारे प्रश्न उठाएका हुन् ।

    यसैबीच सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाटै हुने र उनको ठाउँमा अर्का न्यायाधीशलाई राख्ने जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार