Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा विघटनविरुद्ध परेकाे रिटमा सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्ने


    बुधबार, पुष २२ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्ने भएका छन् ।चार नायव महान्यायाधिवक्ता, पाँच जना सह-न्यायाधिवक्ता र एक जना उप-न्यायाधिवक्ताले यस मुद्दामा सरकारका तर्फबाट बहस गर्नेछन् ।

    यो संख्या बढ्न पनि सक्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नायव महान्यायाधिवक्ताहरू पदम प्रसाद पाण्डे, नारायण प्रसाद पौडेल, विश्वराज कोइराला र डा. टेक बहादुर घिमिरेले बहस गर्ने निश्चित भएको छ ।

    यसैगरी सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, श्यामकुमार भट्टराई, लोकराज पराजुली, खेमराज ज्ञवाली र उद्धवप्रसाद पुडासौनीले बहस गर्नेछन् । यसैगरी उप-न्यायाधिवक्ता दशरथ पंगेनीले पनि महान्यायाधिवक्ताको तर्फबाट बहस गर्ने तय भएको कार्यालयको भनाई छ ।

    पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । तर उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चको संवैधानिक इजलासमा १३ रिट विचाराधीन छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार