तस्बिरः रासस
पोखरा । प्राकृतिक सुन्दरताले भरिपुर्ण तथा धार्मिक हिसाबले महत्त्वपूर्ण पोखरामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ । बिगत लामो समयदेखि कोरोनाका कारण बन्द भएका होटल तथा पर्यटकीय स्थलहरु खुलेपछि अहिले पोखरामा पर्यटकहरुको चहलपहल बढेको हो । पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक ।
