Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खैरो हेरोइनसहित दुई जना पक्राउ


    बुधबार, पुष २२ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धरान । प्रहरीले सुनसरीको धरानबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धरान-१३ का २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका-५ का २४ वर्षीय सन्दीप राई रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

    शंकास्पद अवस्थामा प्रधानलाई फेला परेपछि शरीर खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

    थप सोधपुछका क्रममा प्रधानले केराबारी सन्दीपबाट खरिद गरेको बयान दिएका थिए । तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारीमा खैरो हेरोइन खरिद गर्ने ग्राहक पर्खेर बसेको बेला पक्राउ परेको डीएसपी बस्नेतले बताए । यसबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार