Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला


    आइतबार, फाल्गुन १८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

    उक्त एफपीओमा फागुन २१ गतेबसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

    सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन १३ गतेसम्म बाहल रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार