काठमाडौं । कर्मचारीको काँधमा हात राख्नु अपराध हुन सक्छ ?
यो प्रश्न के हो भनी सोच्दै हुनुहुन्छ भने हाम्रो देशमा काँधमा हात राख्नुलाई प्रशंसा मानिन्छ तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि न्यूजिल्याण्डका एक मन्त्रीले राजीनामा दिनुपरेको कारण यही थियो । किनभने, उनले एक सरकारी कर्मचारीको काँधमा हात राखिदिए । यसलाई मन्त्रीको अहङ्कार मानेको ठानिए पछि ती मन्त्रीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएका छन् ।
न्यूजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेलीले गत हप्ता एक कर्मचारी माथि काँधमा हात राखेपछि आलोचनामा परेका थियो । सो कार्यको विरोध यति बलियो भयो कि बेलीले सोमबार उनले आफ्नो मन्त्री पदबाट नै राजीनामा दिन बाध्य भएका छन ।
राजिनामा दिए पछि मन्त्री बेलीले भने, ‘यो घटनाबाट म अत्यन्तै दुखी छु र शिर झुकाएर माफी माग्छु किनभने मैले उत्साहमा उसको अनुमति बिना उसको काँधमा हात राख्न पुगे ।’
क्रिस्टोफर लक्सन सरकारका मन्त्री एन्ड्रयु बेलीले अगाडी भने, ‘म ती कर्मचारीको कामबाट निकै प्रभावित भएँको थिए । खासमा उत्साहका साथ मैले उनको हातमा हात राखेँका हुँ । यो विषयले यति धेरै महत्व पाउँछ भन्ने मलाई थाहा थिएन । तर, जनताको विरोध प्रबल भएकाले अन्ततः मैले राजीनामा दिने निर्णय गरेको छु ।’
राजीनामा पछि प्रधानमन्त्री लक्सनले मन्त्रीले आफ्नो गल्ती स्वीकार गरेको बताएका छन् । उनले भने, ‘अब यसमा राजनीति गर्नुहुँदैन ।’ तर विपक्षी दलमा रहेका मजदुर पार्टीका नेताहरुले पनि सरकारले यस विषयमा गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् ।
जब प्रधानमन्त्रीलाई सोधियो कि अब उनले संसदको सदस्यता पनि त्याग्नेछन त ? यसबारे लक्सनले भने, ‘एन्ड्रयु बेलीले राजीनामा दिएर गल्ति स्विकार गरिसकेका छन, अब यो भन्दा अरु के चाहियो र ?’ मन्त्री आफैले यस्तो व्यवहारका लागि उनका सबन्धित परिवारसँग माफी पनि मागेको पनि प्रधानमन्त्री लक्सनले जानकारी दिए ।
मन्त्री बेली पहिलो पटक २०१४ मा न्युजिल्यान्डको संसदमा सत्तारुढ नेश्नल पार्टीबाट सांसदका रूपमा निर्वाचित भएका थिए। २०२३ को उत्तरार्धमा लक्सनको चुनाव पछि उनी वाणिज्य र उपभोक्ता मामिला मन्त्री, साना व्यवसाय र निर्माण मन्त्री र तथ्याङ्क मन्त्री नियुक्त भएका हुन । अहिले यो मन्त्री पद खाली भएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend