झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कसैसँग गठबन्धन नगरी आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै प्रचण्डले आजसम्म जो–जोसँग मिलेर चुनाव लडेपनि उनीहरु नै ठूलो दल बनेको भन्दै अब निर्वाचनमा कसैसँग गठबन्धन नहुने बताएका हुन् ।
उनले अब जनताको तागत र जनतामा चुनाव लडिने बताउदै भने- ‘हामी अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने एउटा हल्ला, दुस्प्रचार गरिएको थियो । हामीले सहकार्य गरेर हामी त ठूलो भएनौं, कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन, एमालेसँग सहकार्य गरेर पनि ठूलो भएन । बरु हामीले जोसँग सहकार्य गर्यौं त्यही पार्टी ठूलो भयो । कहिले कांग्रेस ठूलो भयो, कहिले एमाले ठूलो भयो । हामी जतिबेला सहकार्यमा थिएनौं, त्यो बेलामा ठूलो पार्टी थियौं । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं । मैले कांग्रेस र एमालेका नेताहरुलाई भन्ने गरेको छु– तपाईँहरु मिलिराख्नुस् ।’
साथै, माओवादी अब बीचमै सरकारमा सहभागी नहुने उनले बताए । आफूले अहिलेसम्म पुगेका सबै ठाउँबाट फेरि सरकारमा नजाने सुझाव पाएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान जनता र आफ्नो वर्ग, समुदायतिर केन्द्रीत भएको सुनाए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend