Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • त्रिशुलीमा हराइरहेका रानाको शव सशस्त्र प्रहरीका गोताखोरले निकाले


    आइतबार, फाल्गुन ११ २०८१
    2.2K
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भरतपुर । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव सशस्त्र प्रहरीका गोताखोरले फागुन ११ गते आइतबार फेलापारेका छन् ।

    नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर निरन्तर परिचालन गरिएकोमा आईतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुलबहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आइतबार विहान ९ः२५ बजे फेला पारी नदिबाट बाहिर निकालेको हो ।

    राना भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिंडेको परिवारका सदस्यहरुले बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार