सञ्जय मिश्रा
रौतहट । रौतहटमा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी-साधन आवागमनको माग गर्दै तीन जना मानिस आमरण अनसनमा बसेका छन् ।
छोटी भन्सार सञ्चालनसँगै चारचक्के सवारी-साधन आवागमनको माग गर्दै जिल्लाको पर्रोहा नगरपालिका-९ दसगजाछेऊ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीन जना स्थानीय आमरण अनसनमा बसेका हुन् ।
परोहा नगरपालिका-९ का अवकास प्राप्त शिक्षक ६५ वर्षीय महमद तजमुल, पूर्वगाविस उपाध्यक्ष ६७ वर्षीय जगतलाल यादव र नेपाल जनता पार्टीका प्रदेश सदस्य ५५ वर्षीय साहेवलाल साह बुधबार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका हुन् ।
माग सम्बोधन नभएसम्म अनसन जारी रहने उनीहरूको चेतावनी छ। ‘बरू ज्यान जान्छ भने जाओस् तर हामी पछि हट्ने छैनौं,’ अनसनकारीले अडान लिएका छन् ।
यसअघि पटक-पटक जिल्ला प्रशासन कार्यालय रौतहटलगायत ठाउँमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै निकायले वास्ता नगरेको कारण बाध्य भएर अनसनमा बस्नु परेको उनीहरूले बताएका छन् ।
आमरण अनसनमा बसेका तीन जनाको आन्दोलप्रति दर्जनौं स्थानीय तथा नेताहरूले ऐक्यवद्धता जनाउँदै आएका छन् ।
आमरण अनसनमा बसेकाहरूको माग जायज रहेको भन्दै नेपाली कांग्रेसकी नेतृ अन्जु झा, जनमतका जिल्ला इन्चार्ज शेख जमसैद, एमालेका नागेन्द्र ठाकुर, माओवादी, मधेसवादी, समाजवादीलगायत दलका दर्जनौं नेता कार्यकर्ता तथा स्थानीयहरूले ऐक्यवद्धता जनाएका छन् ।
छोटी भन्सारसँगै चारचक्के सवारी-साधन आवागमनमा रोक लगाउँदा सदियौंदेखि चलिआएको दुई देशबीचको रोटीबेटीको सम्बन्ध प्रभावित भएको उनीहरूले गुनासो गरेका छन् ।
२००७ सालमा देशमा प्रजातन्त्र बहाली भएसँगै छोटी भन्सार खाप सञ्चालन भएको थियो ।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै उक्त भन्सार जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो ।
छोटी भन्सार डेढ दसकअघि बन्द भए पनि चारचक्के सवारी-साधन रोकिएका थिएनन् ।
तर, विश्वव्यापी रूपमा चलेको कोरोना महामारीको समयदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ ।
पटक-पटक स्थानीयस्तरमा छोटी भन्सार र सानो नाका खुलाउने विभिन्न दलका नेताहरूबाट भएको प्रयास सफल हुन सकेको देखिएन ।
रौतहट जिल्लाको २८ किलोमिटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ। २८ किलोमिटर लामो सिमानाको वारि नेपालमा बस्ने हजारौं नागरिक दैनिक उपभोग्य वस्तुको खरिददेखि औषधी उपचार गराउन तथा बिहेवारीमा किनमेल गर्न भारतीय बजार जाने गरेका छन् ।
सिमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भने आफ्नै सदरमुकाम गौर २५ किलोमिटर टाढा पर्दछ । एकातर्फ भारतीय बजार नजिक हुनु र अर्को तर्फ नेपाली बजारभन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य विकल्प नभएको आन्दोलनमा बसेका नागेन्द्र ठाकुरको भनाइ छ ।
त्यस्तै, भारतीय सीमा सुरक्षा बलले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्तलाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको ठाकुरले जानकारी दिएका छन् ।
छोटी भन्सार नखोल्दा तस्करी बढेर राजश्वमा ह्रास आएको छ। भन्सार खोल्ना साथ सरकारको राजस्व सङ्कलनमा पनि वृद्धि हुने आन्दोलनकारीको भनाइ छ । रौतहटस्थित खाप र बनकुलको समेत छोटी भन्सार हाल बन्द रहेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend