सञ्जय मिश्रा
रौतहट । रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दीसरह अहिले पनि साइकल, मोटरसाइकलबाहेक सवारी साधन वारीपारी आवत जावतमा रोक लगाइएको छ। सीमाबासीहरू पटक–पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन् ।
सीमावर्ती पर्रोहा नगरपालिका–९ रामपुर खापमा आयोजित ‘सिमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम तथा अन्तरक्रियामा सहभागी सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीयहरूले उक्त समस्याबारे जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बल ११ नम्बर गण हेक्वा रौतहटद्वारा आयोजना गरिएको सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण कार्यक्रमका सहभागीहरूले द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार बंकुल हालसम्म सञ्चालन नहुँदा ससाना व्यापारीहरु गौर भन्सार पुगेर कारोबार गर्दा ठूलो समस्या हुनेगरेको बताएका थिए । उनीहरूले कतिपय साना ब्यापारी गौर भन्सारसम्म पहुँच नभएका कारण बाध्यभएर अबैध बाटो हुँदै विभिन्न भारतीय सामान भित्र्याउँदा राज्यलाई लाखौं राजश्व क्षति हुनेगरेकाले हाल बन्द रहेको बंकुल भन्सार र बाराको काचोर्वा भन्सार सञ्चालनतर्फ राज्यको ध्यान जानुपर्ने सहभागीले माग गरेका थिए ।
त्यसैगरी जिल्ला सदरमुकाम गौर भएर चारपाङ्ग्रे सवारीसाधन आवतजावत भइरहे पनि कोरोनाकालमा बन्द गरिएको साना नाकाहरूबाट हालसम्म आवतजावत सुरु हुनसकेको छैन । सीमासँग जोडिएका हजारौं परिवार दैनिक उपभोग्य वस्तु खरिददेखि बिरामीको उपचारको लागि भारतीय बजार माथि निर्भर रहेका छन्। यस्तो अवस्थामा सहर बजारदेखि भारतीय आफन्तसँग २४औं घण्टा सम्पर्कमा हुँदा आउँदा जाँदा भारतीय सीमासुरक्षाबल एसएसबीले बिभिन्न बहानामा पटकपटक दुर्व्यवहार गर्नेगरेको सहभागीले पीडा पोखेको कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
छिमेकी जिल्ला बाराको तीन छोटी नाकाबाट चारपाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा भारतबाट आवतजावत भईरहेको छ तर रौतहटमा भने सदरमुकाम गौर बाहेक अन्य नाकाबाट एसएसबीले पूर्ण प्रतिबन्ध लगाएको थियो ।
सहभागीहरुले सवारी आवागमन व्यवस्थापन, बिवाह, पूजा तथा चाडँ पर्वमा आवश्यक सामान ल्याउन सहजिकरण , सीमाक्षेत्रमा अनियन्त्रित मदिरा व्यवसाय व्यवस्थित गर्न माग गरेका थिए । त्यसैगरी उनीहरूले कुखुरा तथा पशुपंक्षी तस्करी नियन्त्रण, निर्बाध भारतीय नम्बरको मोटरसाइकल आएर बिभिन्न घटनाहरू घताईरहेकाले त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
सहभागीहरुले गरेको माग र सुझावलाई राज्य सम्म पुर्याएर समाधानको पहल गर्ने एसपी हुमागाईंले प्रतिबद्धता जनाएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सीमा सहजीकरण समितिका पदाधिकारिहरू, वडा अध्यक्षहरू , स्थानीयसमेत गरी १०० भन्दा बढी मानिसको सहभागिता रहेको थियो । न्युज कारखाना
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend