काठमाडौं । प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले नेपाल प्रहरी सम्बन्धी नयाँ विधेयकको स्वागत गर्दै नेपाल प्रहरीलाई दक्षिण एसियामा उत्कृष्ट मान्नुभएको छ । उहाँले विधेयकलाई कानूनी सुधार र एकीकरणको महत्त्वपूर्ण कदमको रूपमा प्रशंसा गर्दै प्रहरीको कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभामा प्रहरी ऐन २०८१ को छलफलमा भाग लिंदै सांसद ढकालले भने–नेपाल प्रहरी अपराध अनुसन्धान र सरकारी वकिल अभियोजनसँग सम्बन्धित छ । मुलुकको सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा नेपाली सेना र आन्तरिक सुरक्षा नेपाल प्रहरीद्वारा नियन्त्रित हुन्छ ।’ उहाँले प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान र शान्ति सुरक्षा प्रदान गर्नुभएको उल्लेख गर्दै प्रस्तुत विधेयकले नेपालको प्रहरी सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सांसद ढकालले नेपाल प्रहरीको कार्यलाई दक्षिण एसियामा उत्कृष्ट मान्दै भन्नुभयो–‘नेपाल प्रहरी दक्षिण एशियामा सबैभन्दा राम्रो हो र अरुले पनि यसलाई स्वीकार गरेका छन् ।’
यसैगरी, उहाँले नयाँ विधेयकको महत्वलाई रेखांकित गर्दै भन्नुभयो–यो विधेयकले प्रहरी ऐन २०१२ लाई खारेज गर्दै संघीयता र संविधान कार्यान्वयनमा योगदान पुर्याउनेछ ।’
उहाँले प्रहरी संगठनलाई थप व्यवस्थित, व्यवसायिक, जनउत्तरदायी र पारदर्शी बनाउन नयाँ ऐनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सांसद ढकालले प्रहरीको मनोबल उच्च राख्ने र प्रविधिमैत्री बनाउने दिशामा ऐनले योगदान पुर्याउने टिप्पणी गर्नुभएको छ । साथै, उमेर हद र अमर प्रहरीको व्यवस्थापनलाई स्वागतयोग्य मान्दै नयाँ ऐनले प्रहरी संगठनलाई अझ मजबुत र पेशेवर बनाउने बताउनुभयो ।
सांसद ढकालले आइजीपीको नियुक्तिमा स्पष्ट व्यवस्था रहेको र राजनीतिक हस्तक्षेपको अन्त्यको पक्षमा रहेको बताउनुभयो । ‘प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप रोक्न नयाँ ऐनले स्पष्ट व्यवस्था गरेको छ’ उनले भने । यसले प्रहरीको प्राविधिक सेवामा थप स्पष्टता ल्याउनका लागि आवश्यक कदम पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend