काठमाडौं । प्रतिनिधिसभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकाल यही जनवरी २० तारिकमा अमेरिकाको वासिङ्टन, डी.सी. मा आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।
भ्रमणमा सांसद ढकालसंगै उहाँकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनेछिन् । पूर्वमन्त्रीसमेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगी, महामन्त्री प्रकाशबाबु थापा साथै केन्द्रीय सदस्यहरु निला श्रेष्ठ, कामना भूसाल, बिष्णु गिरीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए ।
बिदाइका क्रममा बोल्दै सांसद ढकालले बिश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रप्रमुखको सपथग्रहणमा सहभागी हुन अवसरको रुपमा प्रयोग गर्दै नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए ।
सांसद ढकाल ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । साथै नेपाल–अमेरिका संसदीय मैत्री समूहमा समेत आवद्ध छन् । बिश्वका दर्जनौं राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापित भएका नेताको ढकाल रुपमा चिनिन्छन् । सांसद ढकाल टर्किस एरलाइन्स मार्फत् अमेरिका प्रस्थान गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend