Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेश निर्णयार्थ पेश गर्नुअघि प्रचण्डले संसदमा सम्बोधन गर्ने


    बिहिबार, माघ २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन् ।

    संसदको हिउँदे अधिवेशनको सुरूका दिनमा शीर्षनेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन् तर आजको बैठकमा भने प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशका निर्णयार्थ प्रस्तुत गर्नुअघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

    आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार