काठमाडौं । संघीय संसदको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ । ऊर्जामन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सेटिङ गरी प्रतिस्पर्धालाई सीमित बनाएको र सरकारी स्वामित्वका संखुवासभाको किमाथांका अरुण र मुगु कर्णाली आयोजना ब्यापारी विनोद चौधरी र उमेश श्रेष्ठलाई सिंत्तैमा दिन खोजेको बिषयमा परेका उजुरीमाथि छलफल हुने भएको छ ।
जगदुल्लामा मन्त्री खड्काले नै ठेकेदारहरुलाई चेक बाँडेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकोले रद्द भई पुनः टेण्डर भइसकेको छ । किमाथांका अरुण र मुगु कर्णाली पनि ब्यापारीलाई सुम्पने निर्णयबाट ऊर्जा मन्त्रालय पछि हटिसकेको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend