Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने


    सोमबार, माघ १४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।

    नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट खेल सुरू हुनेछ ।

    सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यसैगरी उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाइरहेको जनाइएको छ ।
    प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार