Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाजाघरमा बोलाएर कानै छिनालेर फरार पण्डित पक्राउ


    बुधबार, माघ ९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडांैं । तारकेश्वरको खाजाघरमा बोलाएर रोशन पण्डितलाई दाउले काटेर कानै छिनालेर फरार भएका डुडेका नामले चिनिने दीपक पण्डित घटना भएको १० दिनपछि पक्राउ परेका छन् । प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले दीपकलाई बुधबार दिउँसो बालाजुबाटै पक्राउ गरेको छ ।

    गएको पुस २९ गते राति ८ बजे तारकेश्वर नगरपालिका १ साङ्लास्थित खाजाघरमा रोशन पण्डितलाई बोलाएर दीपकले मासु काट्ने दाउले टाउकामा प्रहार गरेका थिए ।

    दाउ प्रहारबाट रोशन पण्डितको कानै छिनेको थियो । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने दीपक पण्डितलाईे पक्राउ गर्न र न्यायको माग गर्दै घाइते रोशनका आफन्त निरन्तर प्रहरी बृत्त बालाजुमा गइरहेका थिए ।

    रोशन नुवाकोटको दुप्चेश्वर गाउँपालिका ५ का हुन् । आक्रमणकारी दीपक दीपक पञ्चकन्या गाउँपालिकाका हुन् ।

    दीपकमाथि ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार