Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुण्डागर्दी बढ्यो, टाउकामा दाउ प्रहार गर्नेबिरुद्ध प्रहरीले जाहेरी नै लिएन


    मंगलबार, माघ १ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने दायित्व नेपाल प्रहरीको हो । तर शान्ति सुरक्षा कायम गर्नुपर्ने दायित्वबाट केही प्रहरी अधिकृत चुक्दा सिंगो संगठनमाथि नकारात्मक धारणा पैदा गर्छ । यस्तै भएको छ तारकेश्वर नगरपालिकाको साङ्लामा ।

    साङ्लामा सोमबार रोशन पण्डितलाई ज्यान मार्ने नियतका साथ आक्रमण गर्ने डुडे भन्ने दीपक पण्डितका बिरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता नै नगरेको पीडितका परिवारको गुनासो छ । डुडेले मासु काट्ने दाउले रोशन पण्डितको टाउकामा प्रहार गरी कान नै छिनाले पनि प्रहरीले जाहेरी लिने र पक्राउ गर्न उदासिनता देखाउँदैआएको आरोप छ ।

    डुडेले टाउकामा दाउले काटेपछि रक्ताम्य र छियाछिया भएका रोशन पण्डितको उपचार ग्रिनसिटी अस्पताल बसुन्धरामा भइरहेको छ । आक्रमणकारी दीपक पण्डितलाई पक्राउ गरी कारबाहीका लागि जाहेरी दिए पनि मंगलबार बेलुकासम्म प्रहरीले दर्ता नै गरेको छैन ।

    प्रहरी बृत्त बालाजुका डीएसपी दानबहादुर थापाले जाहेरी दर्ता गर्न जाँदा पनि नगरेको, आलटाल गरेको र रोशनमाथि ज्यान लिनेगरी आक्रमण गर्ने दीपक पण्डित खुलेआम हिंडिरहेको गुनासो परिवारले गरेका छन् ।

    आक्रमणबाट कानै छिनालिएका पीडित रोशनको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । तर प्रहरी भने आक्रमणकारीलाई पक्राउ गर्नेतर्फ भन्दा पनि अलमल्याउनेमा लागेकाले न्याय पाउने आशामा रहेका पीडित परिवार निराश भएका छन् । यो घटनामा गुन्डानाइके डुडेसँग प्रहरीको मिलेमतोको आशंका बढेको छ ।

    आक्रमणकारी दीपक डुडेलाई जोगाउन कांग्रेस नेताहरु समेत लागेका छन् । आक्रमणकारी दीपक डुडे यसअघि ज्यान मार्ने उद्योगमा र ब्राउन सुगरसहित पक्राउ परी जेल सजाय भोगेर छुटेका व्यक्ति हुन् । यस्ता गुण्डानाइके दीपकलाई पक्राउ नगर्न तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कविराज बस्नेत समेतले प्रहरीलाई दबाब दिएको स्रोत बताउँछ । दीपक डुडे कविर बस्नेतका आफन्त हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार