काठमाडौं । शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने दायित्व नेपाल प्रहरीको हो । तर शान्ति सुरक्षा कायम गर्नुपर्ने दायित्वबाट केही प्रहरी अधिकृत चुक्दा सिंगो संगठनमाथि नकारात्मक धारणा पैदा गर्छ । यस्तै भएको छ तारकेश्वर नगरपालिकाको साङ्लामा ।
साङ्लामा सोमबार रोशन पण्डितलाई ज्यान मार्ने नियतका साथ आक्रमण गर्ने डुडे भन्ने दीपक पण्डितका बिरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता नै नगरेको पीडितका परिवारको गुनासो छ । डुडेले मासु काट्ने दाउले रोशन पण्डितको टाउकामा प्रहार गरी कान नै छिनाले पनि प्रहरीले जाहेरी लिने र पक्राउ गर्न उदासिनता देखाउँदैआएको आरोप छ ।
डुडेले टाउकामा दाउले काटेपछि रक्ताम्य र छियाछिया भएका रोशन पण्डितको उपचार ग्रिनसिटी अस्पताल बसुन्धरामा भइरहेको छ । आक्रमणकारी दीपक पण्डितलाई पक्राउ गरी कारबाहीका लागि जाहेरी दिए पनि मंगलबार बेलुकासम्म प्रहरीले दर्ता नै गरेको छैन ।
प्रहरी बृत्त बालाजुका डीएसपी दानबहादुर थापाले जाहेरी दर्ता गर्न जाँदा पनि नगरेको, आलटाल गरेको र रोशनमाथि ज्यान लिनेगरी आक्रमण गर्ने दीपक पण्डित खुलेआम हिंडिरहेको गुनासो परिवारले गरेका छन् ।
आक्रमणबाट कानै छिनालिएका पीडित रोशनको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । तर प्रहरी भने आक्रमणकारीलाई पक्राउ गर्नेतर्फ भन्दा पनि अलमल्याउनेमा लागेकाले न्याय पाउने आशामा रहेका पीडित परिवार निराश भएका छन् । यो घटनामा गुन्डानाइके डुडेसँग प्रहरीको मिलेमतोको आशंका बढेको छ ।
आक्रमणकारी दीपक डुडेलाई जोगाउन कांग्रेस नेताहरु समेत लागेका छन् । आक्रमणकारी दीपक डुडे यसअघि ज्यान मार्ने उद्योगमा र ब्राउन सुगरसहित पक्राउ परी जेल सजाय भोगेर छुटेका व्यक्ति हुन् । यस्ता गुण्डानाइके दीपकलाई पक्राउ नगर्न तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कविराज बस्नेत समेतले प्रहरीलाई दबाब दिएको स्रोत बताउँछ । दीपक डुडे कविर बस्नेतका आफन्त हुन् ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend