काठमाडौँ – नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामुहिक छलफल गर्ने भएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका काँग्रेसका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग बिहीबार कांग्रेसले छलफल गर्ने तय गरेको हो।
यो छलफल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुने जनाइएको छ। कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमतिमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। यस सहमतिअनुसार सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी काँग्रेसले १२ जनालाई पठाएको छ।
गत भदौदेखि सरकारका कामलाई परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफलहरू निरन्तरता दिइरहेको कांग्रेसको भनाइ छ।
पछिल्लो समय मन्त्रीहरुले कामै गर्न नसक्दा सरकार सुस्त बनेको आवाज उठ्न थालेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend