Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न प्रधानमन्त्रीले बोलाए पत्रकार सम्मेलन


    बुधबार, माघ २ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । हालै जारी गरिएका ‘सुशासन प्रवद्र्धन र लगानी अभिवृद्धि’ सम्बन्धी अध्यादेशहरुको विषयवस्तु सार्वजनिकीकरण गर्न उनले आज दिउँसो ४ बजे सिंहदरवारस्थित प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन् ।

    सम्मेलनमार्फत अध्यादेशका प्रमुख विषयवस्तु र तिनको कार्यान्वयनबाट हुने सम्भावित प्रभावहरूबारे जानकारी गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले यी अध्यादेशमार्फत प्रशासनिक सुधार, लगानीको वातावरण सुधार, र सुशासन प्रवद्र्धनमा उल्लेखनीय प्रगति गर्ने लक्ष्य राखेको बताइएको छ ।

    सरकारले यहि पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । जसमध्ये राष्ट्रपति कार्यालयले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार