काठमाडौं- काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म विहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् ।
यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, बिज्ञहरुसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् ।
कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका रुपमा बुझ्न थालिएको छ, योग त शारीरिक कलामाथि धेरै माथि तन र मन जोड्ने सशक्त माध्यम हो, स्वस्थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ, यो फल योग र ध्यानबाट प्राप्त गर्न सकिन्छ ।’
महानगरपालिकाले निरोधात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको उल्लेख गर्दै महर्जनले विज्ञान र प्रविधि तथा आर्जित सम्पत्तिले भौतिक सुविधा दिने तर सुख नदिने बताए । ‘सुखका लागि योग नै उत्तम विधि हो, यसकारण हामी सहरबासीलाई सुख महसुस गराउन योगका कार्यक्रमलाई प्रवर्धन गरिरहेका छौं’ उनले भने ।
‘योग विज्ञानलाई विद्यालय तहको औपचारिक शिक्षामा समावेश गरेर यसको महत्वलाई ज्ञान र व्यवहारमा कार्यान्वयन गर्ने योजना बनाएका छौँ,’ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले भने, ‘बालिबालिकाको चारित्रिक विकासका लागि योग सिकाइ महत्वपूर्ण माध्यम हो ।’
‘आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, फल अपेक्षाविनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन आवश्यक हुन्छ’ कार्यक्रमको निरन्तताका बारेमा महानगरको स्वर्णिम योजना ‘आरोग्य जीवन’का फोकल पर्सन ज्ञानबहादुर ओली भने, ‘हरेक वडामा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेका छौँ ।’
सहरी जीवनशैली क्रमशः अस्वस्थ्यकर खानपान र निष्क्रियतातर्फ उन्मुख भइरहेकोले यसबाट सिर्जना हुन सक्ने दीर्घ र नसर्ने रोगको जोखिमबाट बचाउन योग तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको स्वास्थ्य विभागका प्रमुख दिपक केसीको भनाइ छ ।
पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता समस्याबाट मानव मृत्यु भइरहेको छ । सक्रिय जीवनशैलीले रोग लाग्नबाट रोक्न सक्छ । रोग लागेर उपचारकै क्रममा पनि योग अभ्यासबाट समस्या घटाउन सकिन्छ । ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु हुँदैन, योगको कुनै लाभ छैन पनि भन्नु हुँदैन, आवश्यकताका आधारमा छुट्टाछुट्टै वा सँगै योग अभ्यास र ध्यान गरे दुवैबाट लाभ पाउन सकिन्छ,’ उनले भने ।
कार्यक्रमका विषय प्रस्तुति तथा योग कक्षा सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालयसहित योग शिक्षा अध्यापन गराउने विश्वविद्यालय, जीवन विज्ञान, पतञ्जली योग, ओशो तपोवनसहित योग अभ्यास र योग विज्ञानको प्रवर्धनमा सक्रिय संघसंस्थाहरुको सहकार्य गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend