दोहा – प्यालेस्टाइनी बिद्रोही समुह हमासले ३३ जना बन्दी रिहा गर्ने भएको छ । दोहामा जारी वार्ताको प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएका हुन् ।
हमास–इजरायल बिच युद्दबिराम गर्ने बारेको छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताको पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन् । ‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक संकेत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाइ उधृत गर्दै अल जजिराले लेखेको छ ।
मध्यपूर्व अस्थिर भएको तथा गाजालाई ध्वस्त पारेको १५ महिना पछि दुवै पक्ष युद्दबिराम नजिक पुगेका छन । साथै, घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।
इजरायली सरकारका अनुसार हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जनालाई अझै पनि उनीहरूको कब्जामा छन, जसमध्य कम्तीमा ३४ जना मारिएको जनाइएको छ । इजरायल यो विश्वास गर्दछ कि सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकहरू मध्ये धेरैजसो जीवित छन्, एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई भने तर सो सुचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।हमास र इजरायल बिचमा कम्तिमा ४२ दिने युद्धविराममा हुने अपेक्षा गरिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend