काठमाडौं – सरकारले विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म निःशुल्क भिसा प्राप्त गर्ने निर्णय गरेको प्रति असन्तुष्टि बढ्दै गएको छ।
सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाली जनसम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मञ्च अमेरिकाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको विरोध गरेका छन्। उक्त व्यवस्था खारेज गर्न उनीहरूले विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिलाई लक्षित गरी ल्याउन लागेको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनसम्पर्क समिति सभापति आनन्द विष्टले बताए। ‘हामी प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्रीलगायत सिंगो नेपाल सरकारको मन्त्रिपरिषद्समक्ष गैरआवासीय नेपाली नागरिकता वा परिचय पत्र प्राप्त व्यक्ति र तिनका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि अनुरोध गर्दछौं,’ उनले भने।
नेपालको वर्तमान संविधानले प्रवासमा रहेका नेपालीलाई गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता गरेको स्मरण गर्दै उनले सांस्कृतिक, सामाजिक र आर्थिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने संवैधानिक सुनिश्चितताको पूर्ण उपयोग गर्न नपाइरहेको अवस्था विद्यमान रहेको गुनासो गरे।
‘अहिले आफ्नै नागरिकलाई आफ्नै देशमा भिषा लगाउनु पर्ने भन्ने व्यवस्था गरिनु संविधानको भावना विपरित कदम हो। प्रवासमा रहेका नेपाली आफूले सिकेको सीप, आर्जन गरेको धन नेपालकै हितमा लगाउन चाहन्छौं। प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन गैरआवासीय नेपालीको सहभागिताले महत्त्वपूर्ण योगदान पुर्याउने हाम्रो बुझाइ छ,’ विष्टले भने। तर, त्यसका लागि विद्यमान कानुन बाधक बन्दै रहेको विष्टले औंल्याएका छन्।
गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली पूर्ण रुपमा कार्यान्वयनमा आई नसकेका कारण नेपाल सरकारको सम्बन्धित निकायबाट प्रदान गर्ने सेवा र सुविधासमेत प्राप्त गर्न नसकिरहेको मञ्चका अध्यक्ष कृष्ण लामिछानेको गुनासो छ।
‘हाल १० वर्षसम्म भीसा नलाग्ने व्यवस्था गर्न खोजिएको हामीलाई स्वीकार्य छैन। १० वर्षसम्म गैरआवासीय भिसा निस्शुल्क व्यवस्था गर्ने भन्ने माग हाम्रो कदापी होइन। यो व्यवस्था प्रवासमा रहेका नेपालीको भावना विपरित छ। हामी नेपालको संविधानले प्रदत्त गरेको नागरिकताको पक्षमा छौं। र, सरकारसँग हाल प्राप्त गैरआवासीय नेपाली नागरिकतालाई थप अधिकार सम्पन्न बनाएर कार्यान्वयन गर्नका लागि जोडदार माग गर्दछौं,’ छामिछानेले भने।
अहिले संविधान संशोधनको चर्चा चलिरहेको अवस्थामा संविधान संशोधन गर्दा नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने व्यवस्थाका लागि संसदका सबै दल र जनप्रतिनिधिसमक्ष आफूहरूले आग्रह गरिरहेको उनले बताए।
‘सरकारले व्यवस्था गर्न लागेको भिसा निस्शुल्क सम्बन्धी प्रावधान स्थगित गरी देश बाहिर रहेका आम नेपालीहरुको भावना अनुसार थप छलफलका लागि सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौं,’ संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
नेपालको संविधानले ग्यारेन्टी गरेको र सर्वोच्च अदालतले विदेशमा बसेका आफ्ना नागरिकलाई मताधिकार दिनु भन्ने आदेशलाई तत्काल पालना गर्नसमेत उनीहरूको आग्रह छ।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend