काठमाडौं। आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइँदैछ ।
सक्रान्तिहरूमा साउने संक्रान्तिपछि माघे संक्रान्तिको बिशेष महत्व रहेको छ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् ।
आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन, सो समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा रहेको छ भने थारू समुदायले पनि माघी धुमधामका साथ मनाउँछन् ।
थारु समुदायमा पौष महिनाको अन्तिम दिन ‘जिता मरना’ भन्दै सुँगुर काट्ने चलन रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा ‘धमार गीत’ गाउँदै रमाइलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन रहेको छ भने नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउँछन । आज पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरु भएको मानिन्छ ।
आज बिशेष गरी तिलका परिकार, तरूल, चाकु खाने गरिन्छ । बिज्ञानले पनि तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । हिन्दु धर्म अनुसार तील होम होमादीमा चरुको रूपमा, पूजामा र दानमा पनि प्रयोग गरिन्छ, कुनै पितृ कर्म अनि शुभ कार्यका लागि तिल अपरिहार्य रहेको छ।
आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बढाउने र हिउँद घट्दै जानेछ । सनातन संस्कारमा जलाशयहरूमा गरिने माघमा गरिने स्नानको विशेष महत्त्व रहेको छ, जसलाइ मकर स्नान भनिन्छ । मकर सङ्क्रान्तिबाट सुरु हुने यस स्नान माघ महिनाभरि नै जारी रहन्छ ।
उता, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो । तर, अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा शाष्त्रमा लेखिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend