Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हङकङमा पृथ्वी जयन्ती, राप्रपा उपाध्यक्ष पाण्डे प्रमुख अतिथि


    सोमबार, पुष २९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले देशमा क्रियाशील सबै पार्टीका शीर्षनेतालाई बोलाएर शनिबार पृथ्वी जयन्ती मनायो । देशमा मात्र होइन, विदेशमा समेत राप्रपाले पृथ्वी जयन्ती मनाएको छ ।

    राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले हङकङ पुगेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । उपाध्यक्ष पाण्डेले हङकङमा प्रवासी नेपाली एकता समाजले गरेको कार्यक्रममा पुगेर पृथ्वी जयन्ती मनाएका हुन् । पाण्डे पार्टीका सह–महामन्त्री बिजय खड्कासहित हङकङ पुगेका थिए ।

    प्रवासी नेपाली एकता समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले भने–‘पृथ्वीनारायण शाहको बारेमा जसरी चिन्ता लिनु भएको छ । त्यसरी नै राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई पनि साथ दिनुहोस् । विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो तर विदेशिएकाले नेपालमा लगानी गर्छु भन्दा गाह्रो छ ।’
    देशलाई माया गर्ने नेपाली एक नहुँदासम्म, रैथाने भाषा र जाती एक नहुँदासम्म मुलुक बाँच्न नसक्ने उनले बताए ।

    गोरखाबाट आएका राजाले देशको नाम नै गोरखा बनाउन सक्ने अवस्था हुँदाहुँदै सबैलाई समेटेर नेपाल बनाएको स्मरण गर्दै पाण्डेले मूल्यवान संस्कृति जोगाउनका लागि सबै एकजुट हुनुपर्ने बताए ।

    पाण्डेको उपस्थितिमा समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई नेपाली डेढ लाख बराबरको नगद सहयोग गरेका थि ए। अटिज्मसम्बन्धी बालबालिकाको उपचारका लागि उनले यस्तो सहयोग गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार