Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा


    सोमबार, पुष २९ २०८१
    790
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघी पर्वको अवसरमा माघ १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

    लुम्बिनी प्रदेशले भने ‘प्रदेश डे’ को अवसरमा माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी मोहन अर्यालले बताए । उनले भने, ‘माघ १ गते राष्ट्रिय बिदा नै भयो, २ गते भने प्रदेश राजपत्रमा प्रकाशित भएको अवसरमा बिदा दिइएको छ ।’

    यस्तै यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे सङ्क्रान्तिको अवसर पारेर बिदा दिने निर्णय गरेको थियो । प्रदेशको निर्णयसँगै लुम्बिनीमा यो वर्षको माघी तथा माघे सङ्क्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार