Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादी पदाधिकारी बैठक सर्‍यो


    सोमबार, पुष २९ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको पदाधिकारी बैठक सरेको छ । आज दिउँसो बस्ने तय भएको बैठक अब बुधबार (माघ २) गते बस्नेगरी सरेको हो ।

    बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले बताए । ‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्‍यो,’ सचिव पौडेलले भने, ‘बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ।’

    नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने पौडेल बताउँछन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने पौडेलले दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार