Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङमा पहिलो हिमपात, मनाङवासी खुसी


    सोमबार, पुष २९ २०८१
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ। हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन्।

    चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन। विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ।

    हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका(१, पिसाङका किसान मुखिया गुरुङले सुनाए।

    ढिला गरी हिउँ पर्दा खुसी लागेको गुरुङले बताए। उनले भने, ‘भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार