Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • ग्लोरी सहकारीको १५ औं साधारणसभा सम्पन्न


    शनिबार, पुष २७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुढानीलकन्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार प्रदेश सभाका सांसद जयराम थापाले सहकारीको साधारणसभाको उद्घाटन गरेका छन् ।

    साधारणसभामा अध्यक्ष राजकाजी श्रेष्ठले सहकारीले आर्थिक र सामाजिक परिवर्तनमा भूमिका खेलेको बताएका थिए । सहकारीको वित्तीय विवरण कोषाध्यक्ष केशर ठकुरीले प्रस्तुत गरेका थिए ।

    ग्लोरी बचत तथा ऋण सहकारी संस्थामा ३ हजार ५ सय ९२ सेयर सदस्य रहेका छन् । सहकारीको सेयर पूँजी ५ करोड ९४ लाख २७ हजार ४ सय रहेको छ भने बचत बचत संकलन रु. २४ करोड ९० लाख ७७ हजार १ सय ६७ रुपैयाँ ७४ पैसा रहेको छ । सदस्यहरुको व्यवसाय प्रवद्र्धनका लागि संस्थाले २६ करोड ६७ लाख ३३ हजार ४ सय ११ रुपैयाँ ऋण लगानी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार