काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल अन्तिम बिदेश भ्रमण राेकिएकाे छ ।
उनकाे कार्याकाल सकिन लागेकाे १० दिन बाँकी रहदाँ गरिन खाेजिएकाे अन्तिम बिदेश भ्रमण राेकिएकाे हाे । अमेरिकी राज्यहरूमा हिम आँधी र भीषण आगलागीसँगै सँगै सुरू भए पछि उनकाे बिदेश भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेकाे हाे ।
जसका कारण राष्ट्रपति जो बाइडेनले आफ्नो इटालीको नियोजित भ्रमण रद्द गरेका छन्, जुन उनको राष्ट्रपतिको अन्तिम विदेश यात्रा हुनेवाला थियो।
इटाली जानुको सट्टा बाइडेनले अब लस एन्जलसमा फैलिएको विनाशकारी आगलागीको प्रतिक्रियाको अनुगमन गरिरहेका छन्। यस आगलागीमा ५ जनाको ज्यान गएको छ भने ७० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।
बिडेन बिहीबार इटाली जाने तयारीमा थिए तर यात्रा रद्दको घोषणा बिडेन लस एन्जलस गएको केही घण्टा पछि गरिएकाे हाे । क्षेत्रीय अस्पतालमा बुधबार जन्मिएका आफ्ना नातिनातिनालाई भेट्न क्यार्लिफाेनिया गएका थिए।
वासिङ्टन फर्कनुअघि उनले क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूबाट आगलागीको उद्धार कार्यको बारेमा जानकारी लिए र वासिङ्टन फर्केपछि उनले यो आगलागीलाई क्यालिफोर्नियाका लागि ठूलो विपत्तिसमेत घोषणा गरेका थिए । “राष्ट्रपति बिडेनले आगामी दिनमा संघीय प्रतिक्रियाको निरीक्षण गर्नको लागि इटालीको आफ्नो आगामी यात्रा रद्द गर्ने निर्णय गर्नुभएको छ,” ह्वाइट हाउसका प्रेस सचिव करिन जीन-पियरले जानकारी दिदैँ भने ।
अनियन्त्रित आगलागीले अहिलेसम्म तीन क्षेत्रमा ७० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा अागलागी भएको छ । आगलागीले लस एन्जलसको पश्चिममा रहेको पालिसेडेस, पासाडेनाको उत्तरमा रहेको इटन र सान फर्नान्डो उपत्यकालाई पनि नियन्त्रणमा लिएको थियो।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend